अनुगमनमा मन्त्री भण्डारी पुग्दा व्यापारीहरू भागाभाग

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित रुपमा बजार अनुगमन गर्दै आइरहेको मा आज उद्योग वणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समेत सामेल भए ।

विभागले १ महिनाको अवधीमा १ हजार बढी ठाउँमा अनुगमन गरिसकेको छ । विभागले आइतबार काठमाडौंको कालिमाटी तरकारी तथा फलफुल बजारमा अनुगमन गरिरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी समेत पुगे ।

मन्त्रीसहतिको टोली देखेपछि व्यपारीहरुको भागाभाग भएको छ । मन्त्री सचिवालयका अनुसार अनुगमन टोलि जादा व्यापारीहरू पसल बन्द गरेर हिडेको तथा अनुगमन टोलिलाई असहयोग नै गरे ।

अनुगमनका क्रममा अस्वभाविक महंगी र व्यापारमा अनियमितता देखिएपछि केहि पसलहरुलाई सिल गर्न मन्त्री भण्डारीले निर्देशन दिए । व्यापारिले खरिद मूल्य अत्याधिक नाफा राखेर सामान बिक्री वितरण गरेको पाइएको छ भने, बिलबिजक बिनै कारोबार गरेको पाइएको छ । केहि तरकारी र मासुजन्य पसलहरुमना सरसफाइमा पटक्कै ध्यान नदिएको पाइएको छ ।

माछामासु अव्यवस्थित रुपले फ्रीजिङ गरिएको तथा सरसफाइ ध्यान नदिएको पाइएको मन्त्री सचिवालयले जनाएको छ ।
बजारमा भेटिएका उपभोक्ताहरुले खरिद मूल्य भन्दा १० गुणा बढीसम्म नाफा राखेर बिक्री गरि उपभोक्ता ठग्ने कार्य भैरहेकाले यस्ता व्यापारीलाई कारवाही गर्न माग गरेकाछन् ।

मन्त्री भण्डारीले गुनासो आएका ठाउँहरुमा अनुगमन गरि तत्काल कारवाही गरिरहेको बताए । उनले बर्षाका कारण श्रृजित प्राकृतिक विपदको पीडा भोगिरेका उपभोक्ता नठग्न व्यवसायीहरुलाई आग्रह गरे भने, अस्वभाविक ढंगले कानुन विपरित व्यवसाय सञ्चालन गर्ने व्यापारिलाई कारवाही गर्न मातहतका निकायलाई दिर्नेशन दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स