खसीबोका बिक्री सुरु, सिङ हेरेर खरिद गर्न सुझाव

काठमाडौँ ।
दसैं सुरुभएसँगै खसीबोका, च्याङ्ग्रा खरिद बिक्री बढ्न थालेको छ । उपत्यका लगायत धेरै सहरी स्थानमा ठूलो संख्यामा खसीबोका राखेरे बिक्री वितरण भैरहेको छ ।
काठमाडौंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले समेत प्रतिकेजी १० रुपैयाँ छुट प्रदान गरेर खसीबोका बिक्री वितरण गरिरहेको छ ।
काठमाडौँ उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका जिल्लाहरु तथा अन्य स्थानहरुबाट समेत आइरहेका छन् । धादिङ दाङ ,सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट भित्रिरहेको व्यवसायीहरु बताउँछन् ।

चौपाया खरिद बिक्री सङ्घका अध्यक्ष सन्तोषबहादुर खत्रीका अनुसार बाढी पहिरोका कारण बाटो अवरुद्ध हुँदा खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, उदयपुर र काभ्रेबाट खसीबोका ल्याउन कठिन भएको छ । हरेक वर्ष दसैँमा काठमाडौँ उपत्यकामा ४५ हजार खसीबोका ल्याइने गरेको छ । यसैगरी मनाङ र मुस्ताङबाट भेडाच्याङ्ग्रा र ल्याइँदै छन् ।

काठमाडौँ उपत्यकामा अहिले तराईका खसी जिउँदो प्रतिकिलो सात सय २० देखि सात सय ५५, पहाडका खसी छ सय ७० देखि सात सय पाँच, बोका छ सय ७० देखि सात सय २० सम्म र च्याङ्ग्रा प्रतिकिलो रु एक हजार तीन सयमा बिक्री भइरहेका छन् । काठमाडौँ उपत्यकाको टुकुचा खोला किनारको बजारबाट ११ हजार खसीबोका बिक्री हुने गरेका अध्यक्ष खत्रीले जानकारी दिए ।

यसैबीच, पशु सेवा विभागले उपभोक्ताको स्वास्थ्यलाई दृष्टिगत गर्दै खसीबोका बिक्री भइरहेका स्थानमा पशुचिकित्सकको टोली खटाएर अनुगमन एवं परीक्षण गरिरहेको छ । टुकुचामा खसीबोका स्वास्थ्य परीक्षण गरिरहेका पशु चिकित्सक योगेन्द्रप्रसाद शर्माले भने स्वस्थ खसीबोका बिक्री हुन्छन्, बिरामी बेच्न दिइन्न ।’ विभागले स्वस्थ खसीबोकाको सिङमा हरियो र बिरामीलाई रातो रङ लगाएको बताउँदै स्वस्थ चौपाया खरिद गर्न सुझाए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स