काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनलाई तिव्रता दिने क्रममा गुणस्तर र लेबलिङ केन्द्रित गरेको छ ।
असोज १७ गते विहिबार उद्योग, फर्महरुको नियमित बजार अनुगमन तथा निरीक्षण गर्दा काठमाडौंमा मूल्य सूची दर्ता प्रमाण पत्र नराखेको रिलेबलिङ गरेको वा गुणस्तर परिमाण मूल्य नरोखको आरोपमा एयरपोर्टमा रहेका २ वटा होटल तथा रेस्टुरेन्ट २ लाख रुपैयाँ जरिवाना तिराएको हो ।
त्यस्तै नियमित अनुगमनकै क्रममा नयाँ बानेश्वरमा खरिद बिल बिजक राख्नु पर्ने तर खरिद बिल बिजक नराखेको आरोपमा विविध क्षेत्रलाई १० हजार रुपैयाँ जरिवाना तिराएको छ ।
कलेक्सन, अन्य, विविध, फर्निचर एण्ड फिक्सन आदि क्षेत्रलाई भने व्यवसाय संग सम्बन्धित कागजात लिई ३ दिन भित्र वाणिज्य विभागमा उपस्थित हुन आदेश दिएको छ भने रेडिमेट थान कपडा, किराना पसल, विविध आदिलाई सामान्य निर्देशन दिइएको छ ।