काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले बढेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ८ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले बढेर १ लाख ६० हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १९ सय ३५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १९ सय ५० रूपैयाँ कायम भएको छ ।