काठमाडौं । आइतबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले घटेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले घटेर १ लाख ६० हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १९ सय ५५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १९ सय ४५ रूपैयाँ कायम भएको छ ।