सुपथ बजार संचालन पछि खाद्यान्नको मूल्य नियन्त्रणमा

काठमाडौं । सरकारी संस्थानहरुले खाद्यान्नका वस्तुहरु सुपथ मूल्यमा बिक्री वितरण सुरु गरेपछि बजार मूल्य नियन्त्रणमा आएको छ ।

पछिल्लो समय महँगी बढिरहेको अवस्थामा दसैंलाई केन्द्रित गरेर साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेडले दैनिक उपभोग्य खाद्यान्यहरुको मूल्य घटाएर बिक्री वितरण सुरु गरेका हुन् ।

यो बिक्री वितरण पछि समग्र बजारमै खाद्यान्नहरुको मूल्य घटेको हो । केहि अघिदेखि संयुक्त बिक्री वितरण सुरु भएको छ । साल्ट ट्रेडिङले भने यहि हप्ता मात्रै संचालनमा ल्याएको हो ।

खाद्य व्यवस्था कम्पनीको बिक्री वितरण हुने वस्तु कम छ । तर साल्ट ट्रेडिङले भने तेल , पिठो ,चामल, दाल, नुन, मरमसला, चिउरा, चिनी जस्ता अत्यावश्यक वस्तु बिक्री वितरण गर्दै आएको छ । साथै आफ्नो संजाल देशभर पुर्याउने गरि काम गरिरहेको छ । उपत्यकामै विभिन्न स्थानमा आफ्नो बिक्री केन्द्र राखेको छ ।

अघिल्लो हप्ताबाटै सुपथ मूल्य संचालन भएकोमा बजारमा अझै मूल्य घट्न सकेको थिएन तर साल्ट ट्रेडिङको सुपथ मूल्य बजार संचालन पछि भने खाद्यान्नको मूल्य नै नियन्त्रणमा आएको हो ।

पछिल्लो समय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बजार मूल्य नियन्त्रणमा राख्न आफ्नो प्रयास कामयम राखेका छन् ।

बजारमा चिनिमा प्रतिकेजी १५ रुपयाँ र खानेतेलमा प्रतिलिटर १० रुपैयाँ घटेको पाइएको छ । यसका साथै नून, दाल, पिठो, मैदाको पनि मूल्य घटेको छ । सरकारको स्वामित्वमा संचालन सुपथ मूल्यका पसलहरुबाट सस्तोमा गुणस्तरीय उपभोग्य बस्तुहरु दिइरहेको कारण पनि बजारमा त्यसको प्रभाव परिरहेको बुझ्न सकिन्छ ।

आपूर्ति मन्त्रालयका अनुसार ७ असोजमा ३५ रुपैयाँ पर्ने बोतलको पानी १ सय रुपैयाँमा बिक्रि गरेको पाइएपछि काठ्माण्डौँ स्थीत जिम्बु रेष्टुरेण्टलाई कारवाहि गरि ३ लाख रुपैयाँ जरिवाना अशुल गरिएको थियो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एमआरपी भन्दा बढि मूल्यमा सामान बिक्रि भएको पाइएमा तुरुन्त खबर गर्न सुचना जारि गरेको छ ।

मन्त्री भण्डारीले १ सय दिनका लागि तयार गरेको कार्ययोजनामा ४ हजार ३ सय बढी पटक बजार अनुगमन गर्ने, अनुगमन पुर्व सूचना बाहिरिने प्रवृत्ति हटाउने लगायतका कुराहरु उल्लेख गरेकाछन् । यसले पनि बजार नियन्त्रणमा आउन सहयोग भैरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स