सुपारी, केराउ र मरिचको आयात खुल्ला

काठमाडौं । सरकारले सुपारी, केराउ र मरिचको आयात खुल्ला गरेको छ ।

सरकारले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात खुल्ला गर्ने निर्णय गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक कच्चापदार्थ सुपारी, केराउ र मरिच पैठारी व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि २०७८ का प्रक्रिया पूरा गरी आयात गर्न पाउने गरी आयात खुला गरेको जनाएको छ ।

सुपारी, केराउ, मरिच र छोकडाको तीन वर्षदेखि कार्यविधि बनाएर उत्पादनमूलक उद्योगलाई मात्रै आयात गर्ने दिइने व्यवस्था गरिदै आएको छ ।
विगतकै प्रक्रियाबाट आयात प्रस्ताव गरेर मन्त्रीपरिषद्बाट निर्णय भएको छ ।

२०७८ फागुनमा उद्योग मन्त्रालयले बनाइको कार्यविधि मन्त्रिपरिषद् पास गरेर राजपत्रमा समेत प्रकाशित भएको थियो । कार्यविधिमा उद्योगले आफैं खपत गर्न सक्ने परिमाण मात्रै आयात गर्न पाउने उल्लेख छ ।
कार्यविधिमा भनिएको छ, ‘नेपालमा सुपारी, केराउ, मरिच, छोकडाजस्ता कच्चा पदार्थको रुपमा प्रयोग गर्ने उद्योगलाई मात्रै आयात गर्न दिइने छ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स