काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले बढेर १ लाख ५९ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १९ सय २० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १९ सय १५ रूपैयाँ कायम भएको छ ।