वस्तु आयात बढ्यो, दुई महिनामा २ खर्ब ६२ अर्बको आयात

काठमाडौं । चालू आर्थिक वर्षको साउन र भदौ महिनाको तथ्याङ्क अनुसार वस्तु आयात बढेको देखिएको छ । गत वर्षको दुई महिनामा २ खर्ब ५९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएकोमा चालू आर्थिक वर्षको दुई महिनामा २ खर्ब ६२ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

वस्तु निर्यात भने घटेको छ । गत आर्थिक वर्षको दुई महिनामा २६ अर्ब ४४ करोड रुपैयाँको निर्यात भएकोमा चालू आर्थिक वर्षको दुई महिनामा २५ अर्ब ९ करोड रुपैयाँ बराबरको भएको छ ।

यसरी हेर्दा दुई महिना अवधीमा २ खर्ब ३७ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यपार घाटा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स