सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, कतिमा किनबेच हुँदैछ ?

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार छापावाल सुनको मूल्य १७ सय रूपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएकोमा आज १ हजार ७ सय रूपैयाँले बढेर १ लाख ५८ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १९ सय १५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १९ सय २० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स