टिफा बैठक : अमेरिकामा नेपाली वस्तु निर्यातमा भन्सार छुटलाई निरन्तरता, वस्तुको सूची बढाउने

काठमाडौं । नेपाल र संयुक्त राज्य अमेरिकाबीचको व्यापार तथा लगानी सम्झौता (टिफा) को बैठक काठमाडौंमा बसेको छ । उक्त बैठकले नेपालले अमेरिकामा ७७ वटा बस्तुमा छुट भइरहेको र त्यो सूचिलाई थप गर्ने विषयमा छलफल गरेको हो ।
टिफाअन्तर्गत रहेको परिषद्को सातौँ बैठकमा ७७ वटा वस्तु निर्यातमा पाएको उक्त सुविधालाई निरन्तरता दिन अमेरिकी पक्ष सकारात्मक समेत भएको छ ।

सम्झौता अनुसार ७७ वटा वस्तुलाई भन्सार छुट दिइएको र आगामी वर्षको छुटको समय सकिदै छ । अब त्यसलाई निरन्ता दिने विषयमा छलफल भएको हो । साथै वस्तुहरु थप गर्ने समेत विषय छलफलमा उठेको छ ।

निरन्तरता र छुटको विषयलाई अमेरिकी पक्षले सकरातमक रुपमा लिएको बताइएको छ ।

बैठकमा नेपालको तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव गोविन्द बहादुर कार्की नेतृत्वमा १७ सदस्यीय र संयुक्त राज्य अमेरिकाको तर्फबाट दक्षिण तथा मध्यएसियाका लागि सहायक व्यापार प्रतिनिधि ब्रेन्डन लिन्चको नेतृत्वमा ११ सदस्यीय प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो ।

नेपालले अन्य व्यपारिक विषयमा प्रविधिक सहयोग समेत माग गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स