काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले घटेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले घटेर १ लाख ५५ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १८ सय ९० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १८ सय ८० रूपैयाँ कायम भएको छ ।