काठमाडौं । बुधबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले घटेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले घटेर १ लाख ५६ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १९ सय ५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १८ सय ९० रूपैयाँ कायम भएको छ ।