काठमाडौं । मंगलबार सुनको मूल्य ६ सय रूपैयाँले घटेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले घटेर १ लाख ५६ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १९ सय १५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १९ सय ५ रूपैयाँ कायम भएको छ ।