काठमाडौं । आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउन सहयोग पुर्याउने रणनीतिक कार्ययोजना बनाउदै नेपाल चेम्बर अफ कमर्स लुम्बिनीको कार्यशाला शुक्रवार सम्पन्न भएको छ ।
सरकार संघको सहकार्यमा नीजी क्षेत्रलाइ सबल र सक्षम बनाएर मात्र सम्मृद्द नेपालको परिकल्पना साकार पार्न सकिने निस्कर्ष निकाल्दै चेम्बर लुम्बिनीले आगामी ३ वर्षे कार्ययोजना तय गरेको छ ।
वर्षे रणनीति अन्तर्गत चेम्बरले अन्तर्राष्ट्रिय चेम्बरहरु संघ सम्बन्ध विस्तार गर्दै लुम्बिनीको समग्र औद्योगिक विकासका लागि नीतिगत पहल गर्न विभिन्न कार्ययोजना तय गरेको छ ।
त्यस्तै लुम्बिनी प्रदेशमा चेम्बरको संख्या १ सय पुर्याउने,साना तथा मध्यम व्यवसायिहरुलाइ ब्यवसाय प्रबर्द्धन र व्यवस्थापन सम्बन्धि तालिम दिने, प्रदेशका उत्पादनहरुको बजारीकरणका लागि प्लेटफर्म तयार गर्ने,परम्परागत मेला तथा तथा महोत्सवहरुलाई परिवर्तन गरेर बहुउपयोगी र आकर्षक बनाउने कार्ययोजना बनाएको छ ।
मुलुकमा उत्पादन भएका गुणस्तरीय बस्तुहरुको निर्यातका लागि अन्तर्राष्ट्रिय चेम्बरहरुको सहकार्यमा व्यवसायिहरुलाई सहयोग गर्ने,निर्यातका लागि सम्भाबित थप वस्तुहरुको पहिचान गर्ने लगायतका योजना तय गरेको छ ।
त्यस्तै समग्र लुम्बिनी प्रदेशको आर्थिक विकासका लागि संरचनागत र नितिगत सुधारका लागि पैरवी गर्ने,साना तथा मझौला उद्यमको शशक्तिकरण गर्ने,साझेदारी र सहकार्य विस्तार गर्ने,पर्यटन विकासका लागि अन्तर्राष्ट्रिय चेम्बरहरु संघ सहकार्य गर्ने, सीप बिकास तालिमहरु सञ्चालन गर्ने कार्ययोजना बनाएको छ ।
सो अवसरमा चेम्बर लुम्बिनीका विभिन्न उपसमितिहरु गठन भएका छन । उपसमितिहरुमा नीति निर्माण, रास्ट्रिय, अन्तरास्ट्रिय सम्पर्क समन्वय उपसमिती, तालिम तथा क्षमता अभिवद्धी, संगठन विस्तार तथा सदस्यता वृद्धि, पर्यटन प्रबर्द्धन, उद्योग, सचिवालय व्यवस्थापन, वित्त व्यवस्थापन, महिला उद्यमशीलता, युवा उद्यमशीलता र अनुगमन उपसमिति छ्न ।
कार्यशालाको समापन गर्दै प्रतिनिधि सभाका सदस्य ठाकुर गैरेले पाल्पामा सम्पन्न भएको चेम्बरको कार्यशालाले पाल्पाको पर्यटन प्रबर्द्धनको बाटो देखाउँदै लगानीको बातावरण बनाउन आव्हान गरे ।
निजी क्षेत्रको सहभागीता बिना मुलुकको सम्मृद्धिको परिकल्पना गर्न नसकिने बताउँदै राज्यले नीजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने धारणा राखे ।
चेम्बर लुम्बिनीका अध्यक्ष टंक पोखरेलले कार्यशालाबाट तय गरिएको कार्ययोजना कार्यान्वयनमा लाग्ने प्रतिबद्धता जनाए ।
कार्यशालाको सहजीकरण सहजकर्ता मुकुन्द ज्ञवालीले गरे ।