महासंघ र सिमिटको सहकार्यमा राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र र सिमिटको संयुक्त आयोजनामा काठमाडौंमा नेपालमा लघु, साना तथा मझौला कृषि उद्यमहरुको स्थिति, अवसर र चुनौती विषयक राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गरेको छ । प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकासका माननीय मन्त्री रामनाथ अधिकारी रहेको समारोहमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षता रहेको थियो ।

कार्यक्रमलाई संबोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि रामनाथ अधिकारीले मुलुकको अतिनै महत्वपूर्ण विषय लघु साना तथा मझौला कृषि उद्यमका अवसर र चुनौती विषयक कार्यशाला गोष्ठी आयोजनाको लागि आभारी रहेको बताए । सरकारले कृषि क्रान्तिको लागि कृषि दशक २०८१—२०९१ मनाउन लागेको जानकारी गराउदै मन्त्री अधिकारीले कृषि क्षेत्रको आयात प्रतिस्थापनको प्रयास भएको जानकारी गराए । महासंघ कृषि उद्यम केन्द्रकोद्धारा आयोजित गोष्ठीको निष्कर्ष कृषि दशकको लागि मार्ग दर्शक बन्न सकोस भन्ने कामना मन्त्री अधिकारीले व्यक्त गरे ।

कार्यक्रमलाई संबोधन गर्दै कार्यक्रमका सभापति एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले कार्यशाला गोष्ठिले नेपालमा क्रियाशिल लघु, साना तथा मझौला उद्यमीहरुले भोगिरहेका समस्यामाथि छलफल हुने र ती समस्याहरुको निराकरण गर्न सबैपक्ष मिलेर कार्य गर्ने वातावरण निर्माण हुने आशा लिएको बताए ।

महासंघ सदैब लघु, साना तथा मझौला उद्यमीहरुलाई केन्द्रमा राखेर कार्य गरिरहेको र यसमा पनि महासंघको कृषि क्षेत्र हेर्ने गरी स्थापना भएको कृषि उद्यम केन्द्रले कृषि क्षेत्रका लघु, साना तथा मझौला उद्यमीहरुकालागि, स्थापना काल देखि नै कार्य गर्दै आईरहेको बताए ।

युएसएआईडी को सहयोगमा सीआईएमएमवाइटी द्धारा संचालित नेपाल सेड एण्ड फर्टिलाइजर (एनएसएएफ) प्रोजेक्ट ले लघु, साना तथा मझौला उद्यमहरुलाई सहयोग कार्यक्रम संचालनकालागि एफएनसीसीआई एईसीसँग सहकार्य गरेकोमा धन्यवाद व्यक्त गरे ।

एनएसएएप परियोजनाले नेपालको कृषि रुपान्तरणका लािग महत्वपूर्ण योगदान गरिरहेको, यसले मकै लगायतका बालीहरुलाई गर्ने प्रबद्र्धनबाट देशमा वर्षेनी बढ्दै गएको मकैको मागलाई सम्बोधन गर्न योगदान पुर्याईरहेकोमा अध्यक्ष ढकालले खुशी व्यक्त गर्दै यस्तोमा सीआईएमएमवाइटीले नेपालमा मकैको बिऊ सुधारका साथै उत्पादन र उत्पादकत्व बृद्धिकाागि कार्य गर्ने गरी एनएसएएफ परियोजना संचालन गर्नु सुखद रहेकोले यस्ता परियोजनाहरु निरन्तर संचालित हुनपर्ने बताए ।

निजी क्षेत्रको प्रतिनीधको रुपमा आबश्यक पर्ने सहयोगका लागि सदैब तत्पर रहको बताउँँदै अध्यक्ष ढकालले व्यवसाय मैत्री बाताबरण श्रृजनाका लागि सबै पक्ष मिलेर अगाडि बढ्नु पर्ने आजको आबश्यकता लाई नीजि क्षेत्रको तर्फबाट सहकार्यकालागि आह्वान समेत गरे ।

कृषि व्यवसाय मात्र होईन सबै क्षेत्रमा निजी उद्यमीहरु व्यवसायिक बातावरणको अपेक्षा गर्दछन् । त्यसकालागि सबै पक्ष मिलेर काम गर्न अनुरोध सहित कार्यशालाले यसै दिशातीर निश्कर्ष निकाल्न सफल हुने विश्वास लिंदै निमन्त्रणालाई स्विकार गरी यस उदघाटन सत्रमा सहभागिहुनु भएका सबैलाई आयोजकको तर्फबाट आभार प्रकट गर्दै धन्यवाद व्यक्त गर्दै उद्घाटन सत्रको समापन गरे ।

कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै कृषि उद्यम केन्द्रका सभापति एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य डि.बी. बस्नेतले एईसीले गरेको कामहरुको बारेमा उल्लेख गरे । २०४८ सालमा नेपाल उद्योग वाणिज्य महासंघको कृषिसंग सम्बन्धित एकाईको रुपमा स्थापना भएको कृषि उद्यम केन्द्र स्थापनामा नेपाल स्थित अमेरिकन सहयोग नियोग युएसआईडीको ठूलो भूमिका रहेको बताए ।

स्थापनाकाल देखि हाल सम्म ३३ वर्षको यात्रामा कृषि उद्यम केन्द्रले कृषि व्यवसाय प्रबद्र्धनमा महत्वपूर्ण योगदान गरेको साथै यसले नीतिगत पैरवी गर्दै सरकारसंग नीति विकासमा हातेमालो गर्दै थुप्रै नीतिहरु बिकासमा कृषि उद्यम केन्द्रको महत्वपूर्ण योगदान रहेको सभापति बस्नेतले बताए ।

यसका साथै केन्द्रले विभिन्न बिकास साझेदारहरुसंग मिलेर कृषि व्यवसाय प्रबद्र्धनकालागि संचालित विभिन्न आयोजना, परियोजनाहरु कार्यान्वयन साझेदारको रुपमा रहि योगदान रहेको समेत सभापति बस्नेतले जानकारी गराए ।

कृषि उद्यम केन्द्रले, नेउवामहासंघले अबलम्बन गरेको सार्वजनिक नीजि साझेदारी अवधारणा अनुरुप नेपाल सरकारसंग साझेदारी गरी ‘एक गाउँ एक उत्पादन कार्यक्रम (ओभीओपी)’ संचालन मार्फत स्थानीय उत्पादनलाई प्रवद्र्धन, बजारीकरण, ब्रान्डिग गर्ने कार्य १० बर्षे काम सफलता पूर्वक संचालन गरेको स्मरण गर्दै सभापति बस्नेतले यस्ता कार्यक्रमहरुको आवश्यकता अहिले पनि रहेको बताए ।

कृषि उद्यम केन्द्रलाई बिश्वास गरेर सिमिटले यूएसआईडीको सहयोगमा संचालन गरिरहेको ‘नेपाल वीउ तथा मल परियोजना (ल्क्ब्ँ०ू मा ‘लघु, साना तथा मझोला उद्यमी सहयोग कार्यक्रम कार्यान्वयन गर्न सहकार्य गर्ने मौका दिनु भएकोमा सिमटि नेपाल टिम खासगरि यसका प्रमुख डा. द्युतिमान चौधरी प्रति आभार व्यक्त गर्दै सभापति बस्नेतले परियोजना मुख्यतया मकै, धान, मसुरो, तोरि, आलु लगायतका बाली केन्द्रित रहेको बताए ।

सन २०२३ सेप्टेम्बरबाट शुरु भएको सहकार्य अनुसार कृषि उद्यम केन्द्रले फिल्डमा कार्यक्रमहरु सफलतापूर्वका कार्यान्वयन गरिरहेको र अझै राम्रो परिणाम आउने गरी सहकार्यको अन्तिम अवधि नेभेम्बर २०२४ सम्म कार्यान्वयन गरि नै रहने प्रतिबद्धता व्यक्त गर्दै सभापति बस्नेतले आगामी दिनमा पनि कार्यक्रमको निरन्तरताको अपेक्षा समेत रहेको बताए ।

कार्यक्रममा बोल्ँदै कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिव सबनम शिवाकोटीले सरकारले घोषणा गरेको कृषि लगानी वर्षमा यस गोष्ठीमा उठान भएका विषय वस्तुलाई समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सोहि अवसरमा सिमिटका आवासीय प्रतिनिधी एवं परियोजना संयोजक डा. द्युतीमान चौधरीले सिमिटले लामो समयदेखि मकै बाली लगायतको क्षेत्रमा कार्य गर्दै आइरहेको र हाल महासंघ कृषि उद्यम केन्द्र संगको सहकार्यमा संचालित परियोजनाको परिणाम राम्रो आएकोमा खुशी व्यक्त गरे ।

त्यसैगरी कार्यक्रममा बोल्ँदै इकोनोमिक ग्रोथ अफिस युएसएआइडि नेपालका उपनिर्देशक जुडिथ आल्मोडोभरले नेपाल बिऊ तथा मल परियोजना÷सिमिट र एफएनसिसिआई एइसी संगको सहकार्यमा भएको कामको परिणाम राम्रो देखिएको प्रभावकारी ढंगले परियोजनाबाट भएकोमा सहकार्य सफल भएको अनुभुति भएको र आगामी दिनमा थप सहकार्य हुन सक्ने बताए ।

कार्यक्रममा बोल्ँदै राष्ट्रिय सहकारीका अध्यक्ष ओम देवी मल्लले नेपालमा सहकारीको १८ वटा क्षेत्र भएतापनि १७ वटाबाट अन्य काहरु भैरहेको र १ बाट कृषि सहकारीको काम हुने गरेको जानकारी गराए । सहकारीबाट उत्पादीत चिया एवं दुधको बजारीकरणमा समस्या भएतापनि अन्य उत्पादनहरुको अन्तराष्ट्रिय व्यापार सफल रहेको जानकारी गराए ।

वार्षिक ५ मेट्रिक टन भन्दा बढी कफी विदेश निर्यात हुने गरेको र ३ अर्ब भन्दा बढी जडीबुटीको वार्षिक कारोबार हुने गरेको बताए । सहकारी मार्फत संचालित लघु, साना तथा घरेलु उद्योग ५०० भन्दा बढी उद्योगहरु सफल रहेको समेत जानकारी गराए साथै नेपालमा सहकारी मार्फत कोप मार्टहरुको शुरुवात भएकोमा खुशी समेत व्यक्त गर्नुहुँदै कृषि क्षेत्रमा रहेको समस्यालाई सम्बन्धित सबै निकाय मिलेर समाधान गर्नुपर्ने धारणा समेत राखे ।

कार्यक्रमलाई संबोधन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले देशको रोजगारीको सबै भन्दा धेरै हिस्सा ओगटेको लघु, घरेलु तथा साना उद्योगको योगदान प्रशंसनीय रहेको बताए । सरकारले सर्टिफिकेसनमा रहेको समस्या समाधानमा पहल भैरहेको, रैथाने बालीको प्रबद्र्धनमा सरकारले सहायोग गरिरहेको, ईन्नोभेटिभ काम गर्नेलाई पुरस्किृत गर्ने परिपाटिको विकास भएको लगायतको विषयमा जानकारी गराउँँदै सचिव राउतले ब्अत शंसोधनको काम भैरहेको जानकारी गराए । एसएम्इजलाई प्रवद्र्धन गर्ने विषयमा केन्द्रित रहेको र त्यसकालागि निजीक्षेत्रको भूमिका महत्वपूर्ण रहेकोले सहकार्यकालागि अनुरोध समेत गरे ।

त्यसैगरि कार्यक्रममा संबोधन गर्दै प्रतिनिधि सभा सदस्य एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति माननीय कुसुमदेवी थापाले नेपाल कृषि प्रधान देश भएता पनि कृषिमा आत्मा निर्भर हुन नसकेकोमा दुख व्यक्त गर्दै कृषिमा क्रान्तिको आवश्यकता रहेको बताए । साथै कृषि क्षेत्रमा रहेको समस्या सबै कृषि विधेयकमा समेट्ने प्रतिबद्धता व्यक्त गरे ।

दुई दिने कार्यशाला गोष्ठीमा लुम्बीनी र सुदूरपश्चिम प्रदेशका कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कंचनपुरका साथै देशका विभिन्न जिल्लाका कृषि उद्यमी तथा जिल्ला स्तरका उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा केन्द्रिय स्तरबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लगायत सरकारी तथा अन्य निजी क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई संबोधन गर्दै कार्यक्रमका सभापति एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले कार्यशाला गोष्ठिले नेपालमा क्रियाशिल लघु, साना तथा मझौला उद्यमीहरुले भोगिरहेका समस्यामाथि छलफल हुने र ती समस्याहरुको निराकरण गर्न सबैपक्ष मिलेर कार्य गर्ने वातावरण निर्माण हुने आशा लिएको बताए ।

महासंघ सदैब लघु, साना तथा मझौला उद्यमीहरुलाई केन्द्रमा राखेर कार्य गरिरहेको र यसमा पनि महासंघको कृषि क्षेत्र हेर्ने गरी स्थापना भएको कृषि उद्यम केन्द्रले कृषि क्षेत्रका लघु, साना तथा मझौला उद्यमीहरुकालागि, स्थापना काल देखि नै कार्य गर्दै आईरहेको बताए ।

निजी क्षेत्रको प्रतिनीधको रुपमा आबश्यक पर्ने सहयोगका लागि सदैब तत्पर रहको बताउँँदै अध्यक्ष ढकालले व्यवसाय मैत्री बाताबरण श्रृजनाकालागि सबै पक्ष मिलेर अगाडि बढ्नु पर्ने आजको आवश्यकता लाई नीजि क्षेत्रको तर्फबाट सहकार्यकालागि आह्वान समेत गरे ।

कृषि व्यवसाय मात्र होईन सबै क्षेत्रमा निजी उद्यमीहरु व्यवसायिक बातावरणको अपेक्षा गर्दछन् । त्यसकालागि सबै पक्ष मिलेर काम गर्न अनुरोध सहित कार्यशालाले यसै दिशातीर निश्कर्ष निकाल्न सफल हुने विश्वास लिंदै निमन्त्रणालाई स्विकार गरी यस उदघाटन सत्रमा सहभागि भएका सबैलाई आयोजकको तर्फबाट आभार प्रकट गर्दै धन्यवाद व्यक्त गर्दै उद्घाटन सत्रको समापन गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स