काठमाडौं । बुधबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले बढेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले बढेर १ लाख ५३ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १७ सय ६५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १७ सय ८० रूपैयाँ कायम भएको छ ।