काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले मुलुकको अर्थतन्त्र बढाउन निजी क्षेत्रलाई प्रोत्सहान गर्नुपर्ने बताएका छन् ।
आज भएको नेपाल व्यापार लगानीको सम्भावना र चुनौती छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
अमेरिकामा नेपाली उत्पादनको माग बढ्दै गइरहेको बताउँदै उनले नेपाली गलैंचा निर्यात पहिलो स्थान्नमा रहेको बताए ।
उनले भने, ‘बाहिरी मुलकमा गलैंचाको माग बढदै गएपनि तयारी पोशाकको माग भने घट्दै गएको छ । तयारी पोशाक पहिले ८० प्रतिशत निर्यात हुने गर्थ्यो भने अहिले घटेर १४ प्रतिशतमा सीमित भएको छ ।’
नेपालले हालसम्म अमेरिकालाई ७७ प्रकारका नेपाली वस्तुहरु उपलब्ध गराउँदै आएको उनको दाबी छ ।