सरकारले असोज ७ गतेबाट सुरु गर्दैछ सहुलियत पसल, ३ करोड खर्च गरिने

काठमाडौं । सरकारले चाडबाडमा उपभोक्तालाई सहुलियत पसल संचालनको तयारी गरेको छ । सरकारले दशैं तिहार लक्षित सहुलियत पसल असोज ७ गतेदेखि पसल सञ्चालन गर्ने भएको हो ।
सरकारले खसिबोका समेत आयात गरेर वितरण गर्दै आएको छ । त्यसलाई समेत निरन्तरता दिने विषयमा छलफल भैरहेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी उक्त काम गर्दै आएको छ । अन्य वस्तुको छुट पसलमा साल्ट ट्रेडिङ कर्पोरेश पनि सहभागी हुनेछ । खाद्यान्नहरुको छुट पसल सरकारले देशका विभिन्न स्थानमा सञ्चालनमा ल्याउन लागेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार यस्तो पसलदेखि छठसम्मको अवधिमा उपत्यकासहित देशभर सहुलियत पसल सञ्चालन हुनेछ ।

सहुलियत पसलमा दैनिक उपभोग्य वस्तुहरु बिक्रीमा राखिन्छ । ती पसलमा दाल, चामल, चिनी, नून र खानेतेल लगायतका वस्तु बिक्रीमा राखिने मन्त्रालयले जानकारी दिएको छ ।

दशैं तिहारलाई लक्षित गर्दै व्यापार कम्पनीले देशभरका संचालन गर्ने पसलहरुमा राष्ट्रिय दुग्ध विकास संस्थान समेत सहभागी हुने छ । विशेष गरि नून दाल, चिउरा, आटा, तेल चिनी, चामल, सिमी, फापर समेत छुट दिने छ ।
यो वर्ष उपभोक्तालाई छुट प्रदान गर्न सरकारले ३ करोड रुपैयाँ खर्च गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स