ब्याज अनुदान पाईने स्टार्टअप उद्यम कर्जाको आवेदन खुल्यो

काठमाडौं । सरकारले ब्याज अनुदान दिने स्टार्टअप उद्यम कर्जाको लागि आवेदन खुलेको छ । औद्यागिक व्यवसाय विकास प्रतिष्ठानले आवेदन माग गरेको हो ।

स्टार्टअप उद्याम कर्जा संचालन कार्यविधि २०८१ अनुसार आवेदन माग गरेको हो ।
यो कार्यविधि यहि साउन ३० गते स्विकृत भएको थियो ।

गत आर्थिक वर्ष पनि सोहि प्रकारको कर्जा प्रदान भए पनि यो वर्ष नयाँ कार्यविधि तय गरिएको हो ।

\उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तथा गरि नेपाल सरकारले स्विकृत गरेको कार्यविधि अनुसार उद्यम तथा परियोजनालाई धितो मानेर तीन प्रतिशत ब्याजदरमा स्टार्टअप कर्जा दिनेइने उल्लेख गरेको छ । उक्र कर्जाको आलगि दिइने अनुदान सरकारको स्रोतको जोहो समेत सरकारले गरिसकेको छ । नेपाल सरकारले नेपाल स्टार्टअप कोष खडा गर्ने बताएको छ । जुन कोषमा यहि वर्ष १ अर्ब राख्ने समेत जनाएको छ ।

यो वर्षको कर्जा प्रवाहको लागि भने कार्यविधिमा विभिन्न सर्तहरु राखिएको छ ।
जसमा व्यवसाय दर्ता भई १० वर्ष ननाघेको, वार्षिक कारोबार १५ करोड रुपैयाँ ननाघेको हुनुपर्ने छ ।
कसरी पाउन सकिन्छ कर्जा

उद्योग मन्त्रालयको वेवसाइटमा राखिएको कार्यविधि अनुसार सकरारले बैंकर्जा प्रवाहको लागि तोक्ने छ । कर्जाबापतको रकम बैंकमा छुट्टै खाता खोली जम्मा गर्नुपर्नेछ ।

यो कर्जाको अवधि अधिकतम पाँच वर्षको हुनेछ त्यस्तै गरि किस्ता लिएको एक वर्षपछि साँवा वा ब्याजबापतको रकम फिर्ता गर्न सुरु गर्नुपर्ने व्यवस्था गरिउको छ । कर्जा ३ प्रतिशत ब्याजमै पाइने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स