बढ्न सकेन वस्तु खपत, एक महिनाको आयात समेत १ अर्बले खुम्चियो

काठमाडौं । चालू आर्थिक वर्ष सुरु भएपछि समग्र अर्थतन्त्र चलायमान हुन वस्तु खपत बढ्ने अनुमान थियो । तर वस्तु उत्पादनको लागि माग नआएको र वस्तु आयात समेत नभैरहेको देखिएको छ ।

उत्पादनमूलक उद्योगहरुको उत्पादन बढ्न नसकेको गुनासो कामय रहेको छ । त्यस्तैगरि आयातित वस्तुहरुमा समेत कमी आएको पाइएको हो ।

साउन महिनाको वस्तु आयत गत वर्षको तुलनामा झण्डै एक अर्ब रुपैयाँ कम देखिएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको साउन महिनामा १ खर्ब २९ अर्ब २३ करोड रुपैयाँको वस्तु आयात भएकोमा यो वर्ष १ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ भएको हो ।

त्यस्तै गरि निर्यात समेत घटेको छ । वस्तु निर्यात ९ दशमलव ६३ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको साउनमा १३ अर्ब ५२ करोड रुपैयाँको वस्तु निर्यात भएकोमा यो वर्ष १२ अर्ब २२ करोड रुपैयाँको मात्रै वस्तु निर्यात भएको हो ।

पहिलो महिना नेपालको ब्यपारघाटा १ खर्ब १६ अर्ब रुपैयाँ देखिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स