पहिलो महिना भित्रियो ९ अर्ब विदेशी लगानी प्रतिबद्धता

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिनामा ९ अर्ब भन्दा बढी विदेशी लगानी प्रतिवद्धता भित्रिएको हो । साउन महिनामा ९ अर्ब १५ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको हो ।

उद्योग विभागका अनुसार साउनमा कुल ३१ उद्योग दर्ता भएका छन् । दर्ता हुनेमा २२ वटा सूचना प्रविधि , पर्यटन क्षेत्रका ४ उद्योग र उत्पादकमूलकमा २ वटा उद्योग दर्ता भएका विभागको विवरणले देखाएको छ । लगानी प्रतिवद्धतामध्ये पर्यटन क्षेत्रमा ७३ प्रतिशत, सेवा क्षेत्रमा १६ प्रतिशत, उत्पादनमूलक क्षेत्रमा ३ प्रतिशत प्रतिबद्धता आएको हो ।

नेपाल सरकारले यो वर्ष विदेशी लगानीलाई आकर्षित गर्न अन्तराष्ट्रिय लगानी सम्मेलन समेत आयोजना गरेको थियो ।
बैशाखमा भएको विदेशी लगानीकर्ताहरुको सम्मेलनको प्रचार प्रसार हुने बताइएको थियो । सो अनुसार चालू आर्थिक वर्षमा विदेशी लगानी बढ्नुपर्ने हुन्छ ।

सम्मेलनमा लगानी प्रतिवद्धता नआएपछि प्रचार भएको र त्यसको प्रभाव पछि गर्ने आयोजनक नेपाल सरकारको निर्णय थियो । जसको प्रभावको आशा अहिले गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स