अन्तर्राष्ट्रिय मूल्य नबढी लाइटरको भन्सार मूल्यांकन बढाएको भन्दै अख्तियारमा उजुरी

काठमाडौं । गत वर्ष ग्यास लाइटरको एक्कासी भन्सार मूल्यांकन बढाएको विषयमा अख्तियार  दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अन्तर्राष्ट्रिय बजार मूल्य नबढेको अवस्थामा तत्कालिन भन्सार  विभागको नेतृत्वले बदनीयतपूर्वक भन्सार मूल्यांकन बढाएको भन्दै उजुरी परेको हो ।

तत्कालिन भन्सार विभाग प्रमुख शोभाकान्त पौडेल र शुख्खा बन्दरगाहा भन्सार कार्यालय प्रमुख रामप्रसाद मैनाली विरुद्ध उजुरी परेको हो ।

ग्यास लाइटरको केसमा विभाग र मातहतको कार्यालयले नेपालको आयात निर्यातको व्यवस्थालाई नै धज्जी उढाएर मूल्यांकन बढाएको उजुरीमा उल्लेख छ । ग्यास लाइटरको गत वर्षदेखि विभागले मूल्यांकन बढायो । यसरी बढाउनुमा नेपालमा चुरोट खाने मान्छे कम भएकोले मूल्यांकन बढाएको उल्लेख गरि निर्णय  कागजातबाट देखिएको उजुरीमा बताइएको छ ।

विश्वबजारमा मूल्य नबढिरहेको अवस्थामा नेपालमा भने मूल्यांकन बढाउनको कारणमा नेपालमा चुरोट खाने कम भैरहेको पाईएको तथा सरकारको आम्दानी समेत कम भैरहेको भन्दै टिप्पणी उठाएर मूल्यांकन बढाइएको कागजात फेला परेको हो ।

जसअनुसार पुनः प्रयोग गर्न नमिल्ने लाइटरको भन्सार मूल्यांकन ४ अमेरिकी सेन्टबाट बढाएर ६ सेन्ट बनाइएको छ भनेरिफिल गरी पुनः प्रयोग गर्न मिल्ने लाइटरको ५ सेन्टबाट ७ सेन्ट पुर्याइएको छ ।

जुन विषयलाई आधार माने र मूल्यांकन बढाएको छत्यसले आयात निर्यात प्रक्रियाको धज्जी उढाएर विभागले काम गरेको पुष्टि हुन पुगेको उजुरीमा उल्लेख छ ।

ग्यास लाइटरको भन्सार शुल्क वृद्धिको निर्णयसमयमा भन्सार विभागको मूल्यांकन बढाउने निर्णय गत वर्ष मंसिर १५ गते भएको थियो ।

भन्सार मूल्यांकन बढाउनुको अर्को मुख्य कारणमा भन्सार राजस्व संकलनमा परेको चापको समेत आधार मानेको भन्सार विभागले निर्णयको लागि उठाइएको टिप्पणीमा उल्लेख गरिएको छ ।

भन्सार विभागलाई दिएको लक्ष्य भेट्टाउनको लागि नै मूल्यांकन बढाइएको उल्लेख गरिएको हो । टिप्पणीमा राजस्व असूलीको प्रमुख र भरपर्दो औजारको रूपमा भन्सार विभागले गर्न सक्ने काम नै मूल्यांकन बढाउने हो भनिएको छ ।

यसलाई हेर्दा ठूलो नीतिगत रुपमा गी भएको देखिएको छ । यसरी मूल्यांकन बढाउँदा अहिले लाइटरको आयत नै ठप्प हुन पुगेको छ । उजुरीमा जुन विषय समेत अख्तियारलाई जानाकारी दिइएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स