काठमाडौं । सर्वोत्तम सिमेन्टले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले १७ करोड ४२ लाख खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा १८.५१ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीले सञ्चालन आम्दानी ६ अर्ब ३७ करोड ३७ लाख रुपैयाँ गरेको छ । यो गत आवको तुलनामा १८.४७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ५ अर्ब ३८ करोड २ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
कम्पनीको अन्य आम्दानी २९८.९७ प्रतिशत बढेर ४ करोड ३५ लाख रुपैयाँ गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १ करोड ९ लाख रुपैयाँ अन्य आम्दानी गरेको थियो ।
कम्पनीको कुल नाफा १८.०५ प्रतिशतले घटेर ७९ करोड ६१ लाख रुपैयाँ गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको कुल नाफा ९७ करोड १५ लाख रुपैयाँ गरेको थियो ।
कम्पनीको कुल खर्च १३.९८ प्रतिशत घटेर ६१ करोड ३७ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७१ करोड ३५ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।
कम्पनीको चुक्ता पुँजी १४.८१ प्रतिशतले बढेर ४ अर्ब ६५ करोड रुपैयाँ र अन्य इक्विटी ३६.४९ प्रतिशतले बढेर ४ अर्ब २५ करोड ८५ लाख रुपैयाँ सञ्चित छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १.५३ रुपैयाँबाट घटेर ३.७५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९८.८३ रुपैयाँ रहेको छ ।