काठमाडौं । बुधबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले घटेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले घटेर १ लाख ५० हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १७ सय ४० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १७ सय ३५ रूपैयाँ कायम भएको छ ।