काठमाडौं । मंगलबार छापावाल सुन हालसम्मकै उच्च मूल्य कायम भएको छ । मंगलबार छापावाल सुनको मूल्य २१ सय रूपैयाँले बढेर उच्च मूल्य कायम भएको हो ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएकोमा आज २ हजार १ सय रूपैयाँले बढेर १ लाख ५० हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १७ सय १५ रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले बढेर १७ सय ४० रूपैयाँ कायम भएको छ ।