घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । सुनको मूल्यमा गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार प्रतितोला १ सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आइतबार छापावाला सुन  १ लाख ४८ हजार ८ सय रुपैंयाँ प्रतितोलामा कारोबार भएकामा सोमबार १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य समेत घटेको छ। आइतबार १ हजार ७ सय २० रुपैयाँ प्रतितोला रहेकोमा सोमबार १ हजार ७ सय १५ रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स