शिवम् सिमेन्टको नाफा ५८ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । शिवम् सिमेन्टले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले गत असार मसान्तसम्ममा २५ करोड २ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलानामा ५८ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५९ करोड ४७ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले सिमेन्ट बिक्रीबाट ७ अर्ब ७० करोड रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आवको तुलानामा ०.५८ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले सिमेन्ट बिक्री गरेर ७ अर्ब ७५ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको अन्य आम्दानी पनि घटेको छ । अघिल्लो आवमा ३६ करोड ३७ लाख रुपैयाँबराबरको रहेको अन्य आम्दानी ४५.४१ प्रतिशतले घटेर १९ करोड ८५ लाख रुपैयाँमा सीमित बनेको छ ।

समिक्षा अवधिमा कम्पनीले प्रशासनिक खर्च २२ करोड ७० लाख रुपैयाँ गरेको छ । अघिल्लो आवमा कम्पनीले प्रशासनिक खर्च २२ करोड ३१ लख रुपैयाँ गरेको थियो ।

कम्पनीले वित्तीय खर्च ४ करोड ८९ लाख रुपैयाँ र कुल खर्च ९५ करोड ६३ लाख रुपैयाँ गरेको छ ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ, सेयर प्रिमियमा ९५ करोड ६२ लाख रुपैयाँ र जगेडा कोष ३ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ४.९८ रुपैयाँ छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १८९.०२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १.५६ गुणा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स