काठमाडौं । आइतबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले बढेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार १ सय रुपैयाँ कायम भएकोमा आज ७ सय रूपैयाँले बढेर १ लाख ४८ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १७ सय ३० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १७ सय २० रूपैयाँ कायम भएको छ ।