काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य १५ सय रूपैयाँले बढेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज १ हजार ५ सय रूपैयाँले बढेर १ लाख ४८ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १६ सय ९० रुपैयाँ कायम भएकोमा आज ४० रूपैयाँले बढेर १७ सय ३० रूपैयाँ कायम भएको छ ।