१९ हजार मेट्रिकटन चिनी उद्योगले ल्याउन मानेनन्, ट्रेडिङ कम्पनीको आवेदन माग

काठमाडौं । भारतले नेपाललाई गत वर्ष दिएको चिनी कोटा अहिलेसम्म आयात भएको छैन । गत वर्ष चिनी अभाव भएको समयमा नेपाल सरकारको आग्रहमा कोटा लिए पनि अहिलेसम्म आयात हुन नसकेको हो ।

गत वर्ष आयात नभएपछि सरकारले उद्योगहरुलाई कोटा दिने निर्णय गरेको थियो ।

सो अनुसार भारतबाट चिनी आयात गर्न इच्छा देखाएका १० उद्योग सरकारले नै छानेको थियो । भारत सरकारले गत वर्ष दिए अनुसारको चिनी आयात गर्नको लागि उद्योगहरुलाई कोटा दिइएको थियो ।

भारतबाट चिनी आयात गर्न सरकारले नै कोल्ड ड्रिंस उद्योग, विस्कुट उद्योग, चकलेट उद्योगलाई आग्रह गरेको थियो ।

नेपाललाई २५ हजार मेट्रिकटन चिनीदिने भारतले बताएको थियो । उक्त कुल परिमाणमा ६ मेट्रिकटन चिनी आयात भएको छ । बाँकी रहेको १९ हजार मेट्रिटकन चिनी आयातको प्रक्रिया नै अघि बढेको थिएन । सरकारले अहिले आवेदन माग गरेको र आवेदन अनुसार १० उद्योग छनौट गरेको छ ।

छानौटमा पर्नेमा एग्रो थाई फड्स प्रालि, गुडलाईफ बेभरेज प्रालि, एशियन विस्कुट एण्ड कन्फेक्सनरी प्रालि, क्वालिटी फुड एण्ड स्न्याक्स इण्डष्ट्रिज प्रालि, क्वालिटी कन्फेक्सनरी प्रालि रहेका छन् ।

त्यस्तै गरि क्वालिटी डाइट एण्ड फुड प्रोडक्स प्राली , शिवम् डेरी एण्ड फुड इण्डष्ट्रिज प्रालि, केआरएस भेन्चर्स प्रालि र सुजल फुड्स प्रालि समेत रहेका छन् । यी कम्पनीलाई भारतको नेशनल कोअपरेटिभ्स एक्पोर्ट लिमिटेडसँग चिनी आयात गर्न सरकारले भनेको छ ।

तर आयातको प्रक्रिया कसैले पनि अघि बढाएका छैनन् । नेशनल कोअपरेटिभ्स एक्पोर्ट लिमिटेड तुलनात्मक रुपमा महँगो रहेको देखिएको छ । जसकारण आयात हुन सकिरहेको छैन ।

यो वर्षको दशै तिहारमा समेत चिनीको मूल्य नियन्त्रण गर्ने हो भने सरकारी संस्थानहरुलाई भन्सार छुट दिई चिनी आयतमा समन्वय गराइदिनुपर्ने देखिन्छ ।

सरकारले उद्योगले चिनी आयत गर्ने छाँट देखाएपछि आज बुधबार एक सूचना जारी गर्दै ट्रेडिङ कम्पनीलाई समेत आयात गर्न भनेको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ५ दिन भित्र इच्छुक फर्म तथा कम्पनीले आवेदन दिन भनेको छ । कम्पनीको कागजात सहि २ हजार ६ सय मेट्रिकटन भन्दा बढि चिनी आयात गर्न भनिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स