काठमाडौं । बुधबार छापावाल सुनको मूल्य १४ सय रूपैयाँले घटेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ७ सय रुपैयाँ कायम भएकोमा आज १ हजार ४ सय रूपैयाँले घटेर १ लाख ४६ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १७ सय २५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १७ सय १० रूपैयाँ कायम भएको छ ।