काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ ।
बिहीबार, छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले बढेर ९४ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य प्रतितोला १२ सय ७० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १२ सय ८५ रूपैयाँ कायम भएको छ ।