काठमाडौं । घरबाट निस्केपछि सबैभन्दा महत्वपूर्ण विषय हुन्छ खानाको । खाना कहाँ खाने, कस्तो खाना खाने ? खाएपछि बिसन्चो गर्ला कि यस्ता चिन्ता सबैलाई हुन्छ । अझ साथमा बच्चा छन् भने त निस्कदा र घर आउँदा पनि हतारहतार आफै खाना बनाउनुपर्ने ।
पूर्व जानेहरुको लागि भने यस्ता समस्या समाधान भएको छ ।
काठमाडौंबाट पूर्व जानेको लागि साँगा नपुग्दै एउटा विशेष स्थान छ । पलाँसेमा गाउँघरमा खाए भन्दा मिठो भोजन गर्ने स्थानको स्थापना भएको छ ।
कोहि पनि व्यक्ति घुम्न होस् वा आफ्नो घरयासी कामले जाँदै हुनहुन्छ ? तपाईको उत्कृष्ठ रोजाई बन्न सक्छ पलाँसेको दाउरा चुलो । साँगा पुग्नु भन्दा अलिकति अगाडी पलाँसे भन्ने ठाउँमा रहेको छ ।
काठमाडौंबाट पूर्वतर्फको गन्तब्यमा निस्कदै हुनुहुन्छ भने तपाईले अब घरमा हतारहतार खाना पकाइरहनु पर्दैन । साथै टाढाबाट काठमाडौं आउँदै हुनुहुन्छ भने पनि घरमा आएर खाना पकाउने कष्ट गर्नुपर्दैन । त्यसमा साथ दिने पलाँसेको दाउरा चुलो रहेको छ ।
जहाँ अर्गानिक र नेपाली मौलिक स्वादका परिकार पाइन्छ ।
धुलिलेख, शिवमुर्ति, नमोबुद्ध, पलाञ्चोक भगवती, डोलेश्वर, आशापुरी घुम्न जानेले त दाउरा चुलो स्वाद लिनै पर्ने ठाउँ बनेको छ ।
काठमाडौंबाट करिब २० किलोमिटर दुरीमा छ । बाँस र स्टिलको संयोजनमा संरचना बनेको छ । दाउराबाट नै पकाइन्छ । गाउँको शैलीमा माटोको चुलो जसमा दाउराबाट पकाइन्छ ।
रेस्टुरेन्टले खुवाउने विशेष परिकार यही चुलोमा दाउरा बालेर पकाइन्छ ।
यसका संचालक हुन् विष्णु सापकोटा ।
उनी भन्छन्, ‘यहाँ खाजा नास्ता र विशेष गरि खाना खुवाउन दाउरा चुलो रेष्टुरेन्ट संचालनमा ल्याइएको हो ।’
यहाँ विशेष सेट खाने र साधारण सेट खाना दुई तरिकाबाट खान पाइन्छ । तर जे खाएपनि लोकल नै हुन्छ ।
प्रिमियम खाना थाली सेट हो जसको एक हजार रूपैयाँ पर्छ । यसमा दाल, भात, तरकारी, खसीको पक्कु, लोकल कुखुराको पक्कु, फिस (माछा) फ्राई र कालिज करी (तरकारी) हुन्छ ।
स्पेसल खाना ढिँडो सेट एक हजार दुई सय रूपैयाँ पर्छ ।
थाली सेट र ढिँडो सेट यहाँका विशेष परिकार हुन् । सामान्य खाना सेट भने तीन सय रुपैंयाँमै पाइन्छ । यसमा दाल, भातसँगै माछा, खसीको मासु, कालिज र लोकल कुखुराको मासु समावेश हुन्छ ।
यस रेष्टुरेन्टको मेनुमा कालिज, बँदेल, लोकल भाले र खसीबोकाको मासुको परिकार बँदेलको परिकार जसमा सेकुवा, पोलेको, पोलेर साँधेको, तास, बोइल्ड, फ्राई हुन्छन् त्यस्तै गरि कालिजको पक्कु र करी पाइन्छ । लोकल भालेको मासु पोलेको, पोलेर साँधेको, सेकुवा, पक्कु, करी र पांग्रा समावेश हुन्छ । हाँसको छोइला र ट्राउट माछा समावेश छ ।
सागसब्जीहरु सिजन अनुसारको समावेश गरिएको छ ।
यस्ता परिकारहर पस्कन उनले आफ्नै फर्म समेत संचालन गरेका छन् ।
पनौती र साँगामा कालिज र कुखुरा पालेका छन् । अन्य आवश्यक त्यहि लोकल किन्छन् ।
यो संचालनमा आएको भने लामो समय नै भैसक्यो । पलाँसेमा २०७८ असोजमा दाउरा चुलो खुलेको हो । दुई रोपनी क्षेत्रफलमा फैलिएको यो रेस्टुरेन्टमा दुई तलाको संरचना छ । एक पटकमा १५० जनालाई एक साथ सेवा दिन सक्छ ।
यसलाई उनले विस्तार गर्ने योजना समेत बनाइरहेका छन् । अन्य स्थानमा समेत यस्तै नयाँ दाउरा चुलो खोलेर लोकल र अर्गानिक खुवाउने उनको योजना छ ।
अझ उनी भन्छन् नेपालमा गर्न सकिने धेरै काम छ , ‘एउटा यस्तो पाँचतारे होटल हुनपर्यो जहाँ अर्गानिक र लोकल परिकार मात्रै पाउने । समयले साथ दियो भने त्यसको समेत योजना बनाउने छु ।’