काठमाडौं । आइतबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले घटेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले घटेर १ लाख ४९ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ७ सय २५ रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १७ सय ९५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १७ सय ८५ रूपैयाँ कायम भएको छ ।