भन्सार छलेर चिनी आयात गर्न नेपालका ठूला घरनाकै कसरत

काठमाडौं । भन्सार छलेर चिनी आयात सुरु भएको छ । नेपालको चाडवाड लक्षित गरेर भन्सार शुल्क नतिरि चिनी आयात गर्न व्यपारीहरुको चहलपहल सुरु भएको हो ।

नेपालको मुख्य चाडवाड सुरु हुँदै छ । तिज, दशैं, तिहार, छठ नेपालको मुख्य वस्तु खपत हुने चाड हुन् । यसलाई नै लक्षित गरेर बढि नाफा कमाउने दाउमा व्यपारीहरु रहेका छन् ।

जसमा ठूला घरनाका व्यपारीहरुको समेत चहलपहल सुरु भएको हो । भारतले चिनी निर्यातमा बन्देज लगाएको छ । जसकारण वैैधानिक रुपमा समेत चिनी आयत गर्न अफ्ठ्यारो रहेको छ ।

तर नेपालमा सरकारको आग्रहमा केहि परिमाणमा चिनी आयात भने भैरहेको छ ।
नेपालको माग धान्ने चिनी भने आयात हुन सकिरहेको छैन । नेपालमा उत्पादन भएको चिनी समेत सबै बाहिर आइसकेको छैन । ती चिनीले समेत राम्रो बजार भाउ खाजेर गोदामै थन्किएको छन् ।

भारतबाट चिनी निर्यातमा बन्देज लगाइएको अवस्था र नेपालमा समेत भन्सार शुल्क ४० प्रतिशत रहेकोले भन्सार बाहिरबाट चिनी नेपाल छिराउदाँ बढि लाभ हुने देखिन्छ । भारतको एजेन्ट र नेपालपट्टिको एजेन्टलाई मिलाउँदा पनि व्यपारीहरु नाफामा देखिन्छन् ।

अब यहाँ महत्वपूर्ण खेल सुरु हुँदै छ ।
भन्सार छलेर ल्याइएको चिनीलाई अब नेपाली व्यपारीहरुले आफ्नो गोदानमा पुर्याउने छन् । त्यसपछि नेपाली चिनी उद्योगको बोरा राखेर होलसेल बजार हुँदै रिटेलबजार सम्म पुयाएउने छन् । यस्तो काम सुरु नै भैसकको छ ।

शुक्रबार बिहान ११ बजे कार्यालयबाट गएको टोलीले लुम्बिनी रोड यादव चोक भित्रबाट बिल बिजक नभएको लु २ ख २८८२ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । ट्रकमा खान्तलासी गर्दा १ सय ६२ बोरा चिनी भेटिएको छ । प्रतिबोरा ५० केजी रहेको कुल चिनी ८ हजार १ सय किलो रहेको छ ।

चिनी होलसेल मूल्य प्रतिकेजी ६० रुपैयाँका दरले हिसाब गर्दा ४ लाख ८६ हजार रुपैयाँ आउँछ । यस्तै, ट्रकको मूल्य ८ लाख मूल्यांकन गरेको छ । ट्रकमा २ सय पिस एक सुगर मिलको नाम लेखिएको बोरा समेत भेटिएको छ ।

यो घटनाले समेत अबको करिव २ महिना नेपालमा यसरी नै चिनी आयत भैरहने देखिन्छ । आकल झुकल प्रहरीले समाते पनि यो क्रमले निरन्तरता पाउने देखिन्छ । यसमा नेपालका ठूला घरनाले समेत आयातको प्रक्रिया सुरु गर्न लागिएको बुझिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स