एकैदिन यति धेरैले बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य १६ सय रूपैयाँले बढेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज १ हजार ६ सय रूपैयाँले बढेर १ लाख ४९ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १७ सय ८० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १८ सय रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स