दमौली । आर्थिक वर्ष २०८०/८१ तनहुँमा सात सय ७१ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७३ उद्योग दर्ता भएका हुन् । सोही आवमा एक हजार एक सय ३७ उद्योग नवीकरण भएका छन् ।
उक्त कार्यालय प्रमुख दुर्गाराज सुवेदीका अनुसार सोही आवमा दुई सय ६२ उद्योग बन्द भएका छन् । त्यस अवधिमा वाणिज्यतर्फ आठ सय १७ नवीकरण र दुई सय ७० फार्म बन्द भएका हुन् ।
आव २०७९÷८० मा जिल्लामा छ सय तीन उद्योग दर्ता भएका थिए । सो आवमा ५१ लाख २१ हजार आठ सय राजस्व संकलन भएको छ । आव २०७९÷८० मा रु ६६ लाख चार हजार एक सय ६५ राजस्व संकलन भएको थियो ।