घट्यो सुनचाँदीको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले घटेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार १ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले घटेर १ लाख ४६ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १७ सय ५० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १७ सय ४० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स