यति धेरैले बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । आइतबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले बढेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले बढेर १ लाख ४५ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १७ सय ३० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १७ सय ४० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स