यति धेरैले बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । बुधबार छापावाल सुनको मूल्य ११ सय रूपैयाँले बढेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज १ हजार १ सय रूपैयाँले बढेर १ लाख ४७ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य प्रतितोला १७ सय ९० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर १८ सय ५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स