नेपालको आयात र निर्यात दुवै घट्यो, व्यापार घाटामा पनि झिनो सुधार

१५ खर्ब ९२ अर्ब रुपैयाँको आयात

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा नेपालको वैदेशिक (आयात/निर्यात) दुवै घटेको छ । अर्थतन्त्रमा शिथिलता आएपछि नेपालको वैदेशिक व्यापार घटेको हो । वस्तुको उपभोग गर्ने नै घटेपछि यसको असर वस्तु आयातमा परेको हो । वैदेशिक व्यापार कम भएपछि नेपालले व्यापार घाटा पनि केहि सुधार आएको छ । अघिल्लो आवको तुलनामा गत आवमा ०.९६ प्रतिशतले वैदेशिक घाटा कम भएको छ ।

गत आर्थिक वर्षमा कुल १७ खर्ब ४५ अर्ब ३६ करोड रुपैयाँ वैदेशिक व्यापार भएको छ । गत आवको साउनदेखि असारसम्म १२ महिनाको अवधिमा उक्त व्यापार भएको भन्सार विभागले जनाएको छ । भन्सार विभागले गत आवमा १५ खर्ब ९२ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ भने १ खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ ।

आयात       :    १५ खर्ब ९२ अर्ब ९८ करोड
निर्यात       :     १ खर्ब ५२ अर्ब ३८ करोड
व्यापार घाटा   :  १४ खर्ब ४० अर्ब ६० करोड
कुल वैदेशिक व्यापार  : १७ खर्ब ४५ अर्ब ३६ करोड
आयात–निर्यात अनुपात  : १०.४५
आयातको हिस्सा  :  ९१.२७ प्रतिशत
निर्यातको हिस्सा  :८.७३ प्रतिशत

गत आवमा भएको वैदेशिक व्यापार अघिल्लो आवको तुलनामा १.३३ प्रतिशतले कम हो । अघिल्लो आवको यो अवधिमा कुल १७ खर्ब ६८ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो भने १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।

अघिल्लो आवमा १६ खर्ब ११ अर्ब रुपैयाँ ७३ करोड रुपैयाँको वस्तु आयात भएको थियो भने १ अर्ब ५७ अर्ब रपैयाँको वस्तु निर्यात भएको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स