सुनको मूल्यमा भारी गिरावट, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । आइतबार छापावाल सुनको मूल्य १३ सय रूपैयाँले घटेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज १ हजार ३ सय रूपैयाँले घटेर १ लाख ४६ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १८ सय ३० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर १८ सय १० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स