वाणिज्य विभागमा दर्ता भएका फर्म प्रदेश सारिदै, संविधान अनुसारको अधिकार प्रदान

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा दर्ता भएका फर्महरु प्रदेशमा सार्न थालिएको छ । नयाँ आर्थिक वर्ष सुरुसँगै वाणिज्य विभागले प्रदेशमा फाइल पठाउन थालेका हो ।

नेपालको संविधान, २०७२ ले स्थानीय व्यापारको अधिकार प्रदेश सरकारलाई प्रदत्त गरेको छ । सोहि अनुसार प्रदेशमा फाइल पठाउन थालेके हो ।

विगतमा स्थानीय व्यापारको उद्देश्य राखी यस विभागमा दर्ता कायम रहेका प्राइभेट फर्महरुका सक्कल फाइल प्रदेश सरकार अन्तर्गतका सम्बन्धित घरेलु तथा साना उद्योग कार्यालयलाई हस्तान्तरणको कार्य अगाडी बढेको विभागले जनाएको छ ।

विभागका अनुसार हाललाई काठमाडौं, भक्तपुर र ललितपुर ठेगाना रहेका फर्म सार्न थालिएको हो ।

स्थानीय व्यापारको उद्देश्य भएका व्यवसायिक फर्महरुको हकमा मिति २०८१ श्रावण १ गतेदेखि नविकरण, संशोधन, पूँजीबृद्धि, प्रतिलिपि, खारेजी लगायतको कामको लागि सम्बन्धित व्यवसायीलाई सक्कलै फाइल सहित सम्बन्धित जिल्लाका घरेलु तथा साना उद्योग कार्यालयमा पठाइने विभागले जनकारी दिएको हो ।

स्थानीय व्यापारसँग सम्बन्धित फर्महरुको नियमन कार्यहरु आगामी आवदेखि वाणिज्य विभागबाट सम्पादन नहुने भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स