प्रधानमन्त्री देखिए उद्योगीको पक्षमा, कुलमानलाई भने – ‘तत्काल लाइन जोडिदिनुस्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगको लाइन तत्काल जडान गर्न निर्देशन दिएका छन् । डेडिकेटेड र ट्रकलाइन वापतको बक्यौता नतिरेका भन्दै काटिएको लाईन जडान गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले बालुवाटरमा ऊर्जामन्त्री दीपक खड्का, कार्यकारी निर्देशक कुलमान घिसिङ र उद्योगीलाई सँगै राखेर छलफल गरेका थिए । छलफल पछि घिसिङलाई निर्देशन दिएका हुन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले छलफलका क्रममा सञ्चालक समितिको बैठक आइतबार बसेर निर्यण गरेपछि मात्रै जडान गर्न सकिने बताएका बताए । तर प्रधानमन्त्रीले शुक्रबार नै बैठक बस्न निर्देशन दिए ।

डेडिकेटेड र ट्रकलाइन सम्बन्धमा उद्योगीहरुले बिजुली नै प्रयोग नगरेको दाबी गर्दै आएका छन् भने नेपाल विद्युत प्राधिकरणले भने पटकपटक बिल नै पठाइसकेका छ ।

यसलाई समाधान गर्न गत सरकारले एक आयोग नै बनाएको थियो । आयोगले प्रतिवेदन समेत दियो तर समाधान हुने छाँट देखिएन ।

झनै विवाद सतहमा आइरहेको छ । उद्योगीहरु पैसा तिर्न नै नसक्ने बताइरहेका छन् ।
प्राधिकरणले भने डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राधिकरणले नयाँ सूचना जारी गरेको छ ।

प्राधिकरणले उद्योग हरुलाई कामय भएको बक्यौता २८ महिना भित्र किस्ताबन्दीमा तिर्दा हुने बताएको हो ।
यो सूचनाको कुनै अर्थ नरहेको उद्योगीहरुको भनाई छ ।

यसरी विवाद आइरहँदा नयाँ सरकारले समस्या समाधानको पहलकदमी भने थालेको छ । सोही अनुरुप आज छलफल भएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स