भारतीय कोटाको चिनी आयात गर्न १० कम्पनी छानिए, १९ हजार मेट्रिकटन आयात हुने

काठमाडौं । भारतबाट चिनी आयात गर्न १० कम्पनी छानिएका छन् । भारत सरकारले गत वर्ष दिएको कोटा अनुसारको चिनी आयात हुन लागेको हो ।

नेपालमा चिनी अभाव त छैन । तर, भारतबाट चिनी आयात गर्न सरकारले नै कोल्ड ड्रिंस उद्योग, विस्कुट उद्योग, चकलेट उद्योगलाई आग्रह गरेको थियो ।

गत दसैं अघि नेपालमा चिनी आयातको चरम अभाव रहँदा भारत सरकारले नेपाललाई चिनी बिक्री गर्ने प्रतिवद्धता जनाएको थियो । दसैं अघि नेपालाई २५ हजार मेट्रिकटन चिनीदिने बताएको थियो । उक्त कुल परिमाणमा ६ मेट्रिकटन चिनी आयात भएको छ ।

बाँकी रहेको १९ हजार मेट्रिटकन चिनी आयात को प्रक्रिया नै अघि बढेको थिएन । सरकारले आयात गर्न चाहनेको लागि आवेदन दिन समेत भनेको थियो । तर, धेरै आवेदन परेन ।

अहिले पुन नेपाल सरकारले आवेदनको माग गर्यो ।
सोहि अनुसार आवेदन दिएका उद्योगहरु मध्ये १० उद्योग छनौटमा परेका छन् ।

छानौटमा पर्नेमा एग्रो थाई फड्स प्राली, गुडलाईफ बेभरेज प्राली, एशियन विस्कुट एण्ड कन्फेक्सनरी प्राली, क्वालिटी फुड एण्ड स्न्याक्स इण्डष्ट्रिज प्राली, क्वालिटी कन्फेक्सनरी प्राली रहेका छन् ।

त्यस्तै गरि क्वालिटी डाइट एण्ड फुड प्रोडक्स प्राली , शिवम् डेरी एण्ड फुड इण्डष्ट्रिज प्राली, केआरएस भेन्चर्स प्राली र सुजल फुड्स प्राली समेत रहेका छन् । यी कम्पनीलाई भारतको नेशनल कोअपरेटिभ्स एक्पोर्ट लिमिटेडसँग चिनी आयात गर्न सरकारले भनेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स