यो साता सुनको मूल्य २४ सय रूपैयाँले बढ्यो

काठमाडौं । यो साता सुनको मूल्य २४ सय रूपैयाँले बढेको छ । असार १६ गते आइतबारदेखि असार २१ गते शुक्रबारसम्म सुनको मूल्य २ हजार ४ सय रूपैयाँले बढेको हो ।

सुनचाँदी करोबार हुने साताको अन्तिम दिन आज (शुक्रबार) छापावाल सुनको मूल्य तोलामा १ सय रूपैयाँले बढेर १ लाख ४४ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १६ सय रूपैयाँले बढेर १ लाख ४४ हजार ३ सय रूपैयाँ कायम भएको थियो ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँले बढेर १ लाख ४२ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार मंगलबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले बढेर १ लाख ४२ हजार ३ सय रूपैयाँमा किनबेच भएको थियो ।

कारोबार हुने साताको दोस्रो दिन सोमबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेर १ लाख ४२ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, कारोबार हुने साताको पहिलो दिन छापावाल सुनको मूल्य प्रतितोला २ सय रूपैयाँले बढेर १ लाख ४२ हजार रूपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स