दुई खर्ब १७ अर्बको लगानीमा ३८३ उद्योग दर्ता, कतिले पाए रोजगारी ?

काठमाडौं । चालु आवको जेठ मसान्तसम्म स्वदेशी तथा विदेशी ३८३ ओटा उद्योगमा २ खर्ब १७ अर्ब रुपैयाँको लगानी गरेको छ । जेठ महिनामा मात्रै ३६.२० अर्ब रुपैयाँको लगानी भएको हो ।

उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ महिनाको अन्त्यसम्म ३ सय ८३ ओट स्वदेशी तथा विदेशी उद्योग दर्ता भएको छ । जेठ महिनामा मात्र्र ५९ ओटा उद्योग दर्ता भएको हो ।
सरकारको यो वर्ष ८० ओटा ठूला उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा आर्थिक वर्षको ११ महिनासम्म जम्मा ४९ ओटा मात्रै ठूला उद्योग दर्ता भएको देखिन्छ ।

जेठ महिनामा मात्रै ९ ओटा उद्योग दर्ता भएको हो । त्यसैगरी सरकारले ८५ ओटा मझौला उद्योग दर्ता गर्ने लक्ष्य राखेकोमा हालसम्म ५० ओटा मात्रै उद्योग दर्ता भएको छ भने २ सय ८४ ओटा साना उद्योग दर्ता भएको छ ।

सरकारले यो वर्ष २०० ओटा साना उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा जेठ महिनामा मात्रै ३४ ओटा साना उद्योग दर्ता भएको छ । उक्त उद्योगहरूमा २६ हजार २७ जनाले रोजगारीको प्रस्तावित गरेको सार्वजनिक तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी जेठ महिनाको अन्त्यसम्म ३५५ ओटा उद्योगमा विदेशी लगानी गर्ने स्वीकृति पाएको छ भने जेठ महिनामा मात्र्र ५२ उद्योगहरूले दर्ता गर्ने स्वीकृति पाएको हो ।

सरकारको ३८ अर्ब रुपैयाँ विदेशी लगानी गर्ने लक्ष्य रहेकोमा हालसम्म ४४.३४ अर्ब रुपैयाँको प्रगति भएको छ । जेठ महिनामा मात्रै साना तथा ठूला उद्योगहरूमा ३.०१५ अर्ब रुपैयाँ विदेशी लगानी भएको देखिन्छ ।
उक्त लगानी परियोजनाहरूमा १७ हजार ६४२ जनाले रोजगारीको प्रस्तावित रहेको छ भने जेठ महिनामा मात्रै २ हजार ३२३ जनाले रोजगारीको प्रस्तावित गरेका हुन् ।

विभागको अनुसार जेठ अन्त्यसम्म प्याटेन्ट २ ओटा दर्ता भएको छ भने ११ ओटा डिजाइन, ५ हजार ४९४ ट्रेडमार्क, ४५ ओटा प्रारम्भिक वातावरणीय परीक्षण, ८९ ओटा ट्रेडमार्क सम्बन्धी मुद्दा कारवाही र ७९ ओटा भारतमा रियायती निर्यातको लागि सिफारिस भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स