यति धेरैले घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले घटेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले घटेर १ लाख ४० हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार १ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १७ सय ९० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १७ सय ८० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स