१४ खर्ब ५३ अर्बको आयात, १ खर्ब ३९ अर्बको निर्यात

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिना अवधीमा १४ खर्ब ५३ अर्बको आयात हुँदा १ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

भन्सार विभागका अनुसार आयात र निर्यात दुबै घटको छ । गत आर्थिक वर्षमा १ खर्ब ४३ अर्ब रुपैयाँको वस्तु निर्यात गरेको थियो । त्यस्तै १४ खर्ब ८० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

निर्यात ३ प्रतिशत र आयत १.८४ प्रतिशतले घटेको छ । विभागका अनुसार चालू आवको ११ महिनामा नेपालको व्यापारघाटा १३ खर्ब १४ अर्ब रुपैयाँ छ । गत आवको व्यापारघाटा १३ खर्ब ३७ अर्ब ३९ करोड ४५ लाख ८२ हजार रुपैयाँ थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स